ज्ञामनाथ गैरे (अनिल)

संघर्ष, क्रान्ति र जनताको विश्वासको प्रतीक

नेपाल त्यो समय अन्धकार युगमा थियो। राजनीति दरबार र उच्च जातीय अभिजात वर्गको कब्जामा सीमित थियो, समाज असमानताले चिरिएको थियो । गरिबी, शोषण र दमनको भारीले आम जनताको काँध ढल्किरहेको थियो । २०४६ सालको बहुदलीय लोकतन्त्र आए पनि त्यसले गाउँका किसान, जमिनविहीन मजदुर, दलित, जनजाति र मध्य–पश्चिमका दुर्गम बस्तीमा क्रान्तिकारी परिवर्तन ल्याउन सकेन । विद्यालय, अस्पताल, सडक र रोजगारी राज्यको उपस्थितिका रूपमा होइन, केवल सपना थिए । न्याय ढिलो र पक्षपाती थियो, राज्यको उपस्थिति विकास भन्दा बढी प्रहरीको बुट र डरको प्रतीक थियो ।

यही संरचनागत अन्याय, सामाजिक शोषण र ऐतिहासिक उपेक्षाको विरुद्ध २०५२ सालमा माओवादी पार्टीले जनयुद्ध घोषणा गर्‍यो—सिर्फ बन्दुक उठाउने कदम मात्र होइन, शोषित वर्गको अधिकार, समानता र गरिमाको अन्तिम क्रान्तिकारी अवाज थियो । सामन्ती शक्ति, दमनकारी प्रशासन र प्रभावशाली जमिनदारसँग लड्दै क्रान्ति गाउँ–गाउँमा फैलियो, न्याय अदालतको फाइलमा होइन, जनसभामा जनताको शक्ति स्थापना गर्न थालियो । हजाराँैको बलिदानले शोषित जनताको चेतना, समाजवादी सिद्धान्त र समानताको उज्यालो फैलायो। यही वीरता र संघर्षबाट हजारौं युवा उठे—सत्ता खोज्न होइन, जनताको अधिकार, शोषणमुक्त समाज र समाजवादको आदर्श निर्माण गर्न ।

त्यही संघर्षको गर्भबाट उठेका नेता हुन्‌ज्ञामनाथ गैरे (अनिल) । १८ वर्षको कलिलो उमेरमै घर, परिवार र व्यक्तिगत सुख–सुविधा त्यागेर देश र जनताको मुक्तिका लागि क्रान्ति, जनयुद्ध र जनआन्दोलनमा होमिएका गैरे २०५० सालदेखि निरन्तर संघर्षरत छन्। विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरी उनी संगठन निर्माण, नेतृत्व विकास र वैचारिक स्पष्टताका लागि कठोर अभ्यास गर्दै आएका छन् । भूमिगत जीवन, हिरासत, जेल र संघर्षका तीव्र दिनहरू पार गर्दै, गैरेले केवल आफ्नो जीवनमा मात्र होइन, सामाजिक आवाजविहीन वर्ग, दलित, मजदुर र किसानका लागि न्याय, समानता र गरिमाको बाटो बनाएका छन्। सहयात्रामा गुमाएका साथी, पीडित जनताको कथा र बाध्यात्मक कठिनाइहरूले उनलाई कमजोर बनाएको छैन; बरु अझ दृढ, अनुशासित र जनताको विश्वासिलो नेता बनाएको छ ।

आज ज्ञामनाथ गैरे (अनिल) केवल पार्टीको नेता होइनन्‌उनी जनताको संघर्ष, त्याग र न्यायको प्रतीक हुन, बाग्लुङ क्षेत्र नं.२ का सचेत मतदाताका लागि भरोसा, नेतृत्व र क्रान्तिकारी प्रतिबद्धताको विकल्प हुन्। लामो समयदेखि ग्राउन्ड लेभलबाट संघर्ष गर्दै देश र जनताको सेवामा पूर्णकालीन रूपमा समर्पित गैरेको यात्रा केवल व्यक्तिगत उपलब्धि मात्र होइन । सामाजिक न्याय, समानता र हक अधिकार जनतासम्म पु–याउने क्रान्तिकारी दृष्टिकोणको जीवित प्रमाण हो। “समानता, न्याय र जनशक्तिका लागि—ज्ञामनाथ गैरे (अनिल) सधैं अगाडि!”