आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु

सर्वप्रथम जेनजी विद्रोह, जनयुद्ध, जनआन्दोलन लगायत विभिन्न सङ्घर्षमा आप्mनो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै घाइते तथा बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै सहिदहरुले देखाएको बाटोमा सदैव प्रतिवद्ध रहने विश्वास समेत व्यक्त गर्दछाँै ।
यतिवेला देशमा विषम परिस्थितिको बिचबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ फागुन २१ गते हँुदैछ । यो विशिष्ट स्थितिमा हुन गइरहेको निर्वाचन लामो सङ्घर्षबाट प्राप्त संविधान प्रदत्त अधिकारहरु सुदृढ र संस्थागत गर्ने वा मुलुकमा फेरि अभैm अराजकता र द्वन्द्व निम्त्याउने भन्नेमा दुई खाले परिदृश्य देखा परिरहेको सन्दर्भमा हामी जिम्मेवार राजनीतिक दल हुनुका नाताले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, सामाजिक न्याय, सुशासन र समृद्धिको ऐतिहासिक अभिभारा पूरा गर्ने संकल्पसहित राष्ट्र र जनताको आवश्यकता र चाहाना पूरा गर्न नीति र नेतृत्वसहित चुनावी मैदानमा हामी आएका छाँै ।

विगतका ठुला दल भनिने नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार हँुदै गर्दा भ्रष्टाचार, कुशासन, निराशा र अराजकता प्रति जेनजी विद्रोह देखा प¥यो । जेनजी विद्रोहको कारण र उद्देश्य सही हुँदाहँुदै पनि आन्दोलनमा घुसपैठ र ध्वंसात्मक कार्य हँुदा मुलुकले गम्भीर क्षति व्यहोेरेको अवस्था छ । यो स्थितिमा पश्चगमन तथा लोकप्रियतावादीको नाममा अतिवादी सोंच देखा परेको छ । यसले मुलुकलाई सही दिशा दिने, स्थायित्व र विकासको सही नेतृत्व गर्न होइन कि विदेशी हस्तक्षेप, द्वन्द्व र अराजकता निम्त्याउने परिस्थिति सिर्जना भएको छ । यसर्थ यस सङ्गिन स्थितिमा बागलुङ जिल्लामा दुई बाम घटक नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चा बिच चुनावी तालमेल गरी राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षा, सुशासन, सामाजिक न्यायसहित समृद्धि र समाजवादी यात्रामा सङ्कल्पवद्ध भइ मुलुकलाई सही दिशा दिन भरोसा र विश्वास योग्य साझा बाम उम्मेदवार बागलुङ निर्वाचन क्षेत्र नं. दुईबाट कमरेड ज्ञामनाथ गैरे (अनिल) र बागलुङ निर्वाचन क्षेत्र नं. एकबाट कमरेड कृष्ण अधिकारी लाई यहाँहरु समक्ष ल्याएका छौँ ।

बागलुङ जिल्लाको पश्चिम भूगोल विगतदेखिनै निकै पिछडिएको, हेपिएको, ठगिएको र राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा उत्पीडनमा रहेको क्षेत्र हो । गणतन्त्र प्राप्तिपछि सापेक्षित रुपमा विकासका अवयवहरु स्थानीय संरचनाहरु निमार्ण, मध्यपहाडी लोकमार्ग, सालझन्डी ढोरपाटन सडक, गलकोट हटिया–ताराखोला सडक, बुर्तिवाङ–तमान–म्याग्दी सडक, हरिचौर–मल्म–पान्डवखनी–भिमगिठे सडक लगाएत शिक्षा, स्वास्थ्य, खानेपानी, उर्जा, पर्यटन, प्रादेशिक अस्पताल, प्रशासनिक सेवाकेन्द्र, बुर्तिबाङ नमुना सहर टेलिकम सेवाहरु, हातहातमा मोवाइल घरघरमा इन्टरनेट, सामाजिक न्याय र सुशासनको क्षेत्रमा महत्वपूर्ण अवधारणासहित कार्य सम्पादनमा नेपाली कम्युनिष्ट पार्टीको महत्वपूर्ण भूमिका रहँदै आएको छ । यो यथार्थतालाई आत्मसाथ गर्दै अझै सबै क्षेत्रमा यी सेवा र सुविधाहरु सदृढ गर्नुपर्ने दायित्व पनि हाम्रै रहेको छ । हामीले उठाएका जनताका कयौँ मुद्दा र आवश्यकताहरुलाई व्यवस्थित सम्बोधन गर्नुपर्ने दायित्व पनि हामैै्र भएकाले बागलुङ क्षेत्र दुईका मतदाता यहाँहरुले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट विगतमा जनयुद्धको बिरासत बोकेको, जनताको पीरमर्का बुभ्mने र आप्mनो भूगोलको राम्रो पहिचान भएका स्थानीय युवा नेतृत्व पाउनु हामी सबैका लागि गौरवको कुरा हो । यसर्थ साझा बाम उम्मेवाार कमरेड ज्ञामनाथ गैरे (अनिल) लाई अत्याधिक बहुमतले विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएका छौँ । हाम्रा चुनावी प्रतिबद्धताहरु निम्नानुसार रहेका छन् ः

१. पूर्वाधार विकास

  •  राष्ट्रिय गौरवका योजनाहरु मध्यपहाडी लोकमार्ग, सालझन्डी ढोरपाटन सडक निर्माणमा भएको ढिलासुस्ती र गुणस्तर बारे निगरानी सहित आवश्यक पहल गरिनेछ ।
  •  जनयुद्धको आधार क्षेत्रमा रहेको हाम्रो पहिचानसँग जोडिएको सहिद मार्गको स्तर उन्नति र विस्तारमा विशेष पहल गरिनेछ ।
  • प्रदेश निर्वाचन क्षेत्र स्तरीय मुख्य सडक, पालिका केन्द्र जोड्ने सडक लगाएत वडा र बस्ती जोडने सडक पुल, झोलुङ्गे पुल आदिको निर्माण स्तरोन्नतिमा जोड दिइनेछ ।
  • अछेते नरेठाँटी सुरुङमार्ग निर्माण विशेष पहल गर्ने र रणनैतिक महत्वका सडकहरु हरिचौर मल्म पान्डवखानी भिमगिठे सडक, ग्वालीचौर जलजला रणसिंङ सडक, भिमगिठे दर्लिङ सडक, प्याङखोला अर्नाकोट जुग्जाखोला सडक, नरेठाँटी दुदिलाभाटी बरेङ सडक, हटिया थालेपोखरा सुखौरा गुल्मी सडक, खर्वाङ दगा सिसाखानी सडक, बुङ्गादोभान बुङ्गखानी ढोरपाटन सडक, गाडीखोला खानी ढोरपाटन सडक, बुर्तिवाङ तमान म्याग्दी सडक, घुस्मेली अर्गल खलडाँडा म्याग्दी सडक, दोगाडी नागवेलीखोला म्याग्दी सडक, पुरनगाँउ फोर्सा भेडीखोर खोलाखर्क सडक, भल्कोट गुम गाम रोल्पा सडक, बुङ्गादोभान खुखानी नर्जा भित्रीबन सडक आदिलाई विशेष जोड दिइनेछ ।

२. खानेपानीको व्यवस्था

  •  राज्यको नीतिअनुसार एक घर एक धाराको अभियानलाई पूर्णता दिई सबै नागरिकलाई स्वच्छ खानेपानी उपलव्ध गराइनेछ । आवश्यकता अनुसार लिफटिङ्ग खानेपानी योजना व्यवस्थित र विद्युुत महशुललाई छुटको व्यवस्था गरिनेछ ।

३. सिचाई सुविधा

  •  खेतीयोग्य जमिनहरुमा सिंचाईको व्यवस्था गरिनेछ । लिफटिङ्ग प्रविधिबाट भएका सिंचाई योजनाको विद्युत् महशुलमा छुटको व्यवस्था गर्न पहल गरिनेछ ।

४. जलविद्युुत र विद्युुतीकरण

  •  जिल्ला /निर्वाचन क्षेत्रका सबै वस्तीमा विद्युत् सेवा विस्तार गरी उज्यालो जिल्ला/क्षेत्र बनाइनेछ ।
  •  समुदायमा आधारित साना जलविद्युुत सम्भार मर्मत तथा कनेक्टिभिटीमा जोड दिइनेछ ।
  •  पश्चिम बागलुङमा रहेको स्रोतलाई विद्युत् उत्पादनमा पिपिए मोडेलमा विशेष जोड दिइनेछ ।
  •  उत्तरगंगा जलासययुक्त जलविद्युत् परियोजना कार्यान्वयनमा विशेष पहल हुनेछ ।

५. शहरी विकास

  •  गलकोट नमुना शहर तथा ग्वालीचौर र निसीमा नयाँ शहरको अवधारण अगाडि बढाइनेछ ।
  •  बुर्तिबाङ नमुना शहरलाई व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गर्न गराउन विशेष पहल गरिनेछ ।
  •  जनता आवाश कार्यक्रमलाई आवश्यकताको आधारमा सम्पन्न गरिनेछ ।

६. शिक्षा

  • शिक्षा मौलिक अधिकार भएको हुँदा निःशुल्क शिक्षामा जोड दिइनेछ ।
  •  प्रत्येक पालिकामा आवासिय विद्यालयको अवधारणा अगाडी बढाइनेछ ।
  •  प्रत्येक पालिकामा गुणस्तरीय शैक्षिक केन्द्र निमार्ण गरी शैक्षिक विकासको गतिलाई तीव्रता दिइनेछ ।
  •  विद्यालयको पूर्वाधार निमार्णलाई सुविधा सम्पन्न बनाइनेछ ।
  •  स्थानीय पाठ्यक्रमको विकास गर्दै मातृभाषाको संरक्षण र सम्वद्र्वन गरिनेछ ।
  •  शिक्षालाई प्रविधियुक्त र सीपमूलक बनाउन पहल गरिनेछ ।
  •  निसीभुजी र गलकोट क्यापसलाई प्राविधिक धार तथा व्यावसायिक शिक्षा प्रदान गर्न जोड दिँदै शैक्षिक केन्द्रको रुपमा विकास गरिनेछ ।
  •  प्राविधिक धारतर्फ कक्षा सञ्चालन गरिएका विद्यालयहरुको शैक्षिक र भौतिक सुधार तथा विषयगत जनशक्तिको व्यवस्थापनमा विशेष जोड गरिनेछ ।

७. स्वास्थ्य

  •  स्वास्थ्य मौलिक हक भएको हुँदा निःशुल्क उपचारमा विशेष जोड दिइनेछ ।
  •  बुर्तिवाङ प्रादेशिक अस्पताललाई प्रविधि र जनशक्तिको उचित व्यवस्थापन गरी गुणस्तरीय सेवा प्रवाहलाई सुनिश्चित गरिनेछ ।
  •  प्रत्येक पालिका स्तरीय अस्पताल निमार्ण, जनशक्तिको व्यवस्थापन र गुणस्तरीय सेवामा विशेष जोड दिइने छ । साथै वडा स्तरीय स्वास्थ्य केन्द्र÷इकाईहरुलाई व्यवस्थित गरिनेछ ।
  •  मोवाइल हस्पिटल संचालन र स्थानीय अस्पतालहरुमा विशेषज्ञ सेवाका लागि टेलीमिडिसिन सन्चालन र व्यवस्थित गरिनेछ ।।

८. पर्यटन

  • धार्मिक, सांस्कृतिक, इको र एग्रो टुरिजम आदि स्थानीय विशेषताको आधारमा व्यवस्थित गरिनेछ ।
  •  ढोरपाटन, अर्नाकोट, वराहाताल, सोले, ठामचौर, शिवधुरी, घुम्टे, गाईघाट झरना, मोतिमारे, तिनचुले, दुडुलेख, गलकोत मन्दिर, गाँजा घुरी, राम्चे ढुङ्गा, टेउवा, सिद्धथान, अर्नाकोट, पातिहाल्ने, ठानपति मन्दिर आदि स्थानमा पूर्वधार विकास र पर्यटन प्रवद्र्धनमा जोड दिइनेछ ।
  •  सहिद पार्क, गोरिल्ला पदमार्ग र सांस्कृतिक संग्रालयहरुलाई व्यवस्थित गरिनेछ ।
  •  थप संभाव्यता अध्ययन गरी पर्यटन उद्योगको विकास र रोजगारीको अभिवृद्धिमा जोड दिइनेछ ।

९. कृषि तथा पशुपालन

  • वैज्ञानिक भूमिसुधार, खेती प्रणाली, सहकारी समूह र अनुदानलाई नीतिगत सुधार गरिनेछ ।
  •  निर्वाचन क्षेत्रभित्रका आलु, किवी, स्याउ, सुन्तला, कफी, अलँची, कागती, ओखर, टिमुर, आबोकादो, भांगो आदिको पकेट क्षेत्रको रुपमा विकास गरी व्यवस्थित गरिनेछ ।
  •  आधुनिक कृर्षि प्रणाली, उन्नत बिउ÷बिजन र प्रविधिको पहँुच विस्तार गर्ने । कृर्षि उत्पादन र उत्पादकत्वमा वद्धि, कृषि भण्डारण, ग्रेडिङ, लेबलिङ र बजारीकरण, रैथाने बालीको संरक्षण, व्यवसायिक खेती प्रणालीको विकास आदिलाई व्यवस्थित गरी समाजवादी उत्पादन प्रणालीमा जोड दिइनेछ ।
  •  कृृर्षिजन्य वस्तुको आयातलाई न्यूनीकरण र निर्यातलाई प्रवर्दन गर्न स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी यस सम्बन्धी ठोस नीति तय गरिनेछ ।
  •  पशुपालनमा पकेट क्षेत्रको विस्तार व्यवस्थित गर्दै भेडा बाख्रा पालनलाई विशेष प्राथमिकता दिइनेछ ।
  •  मानववस्ती र कृषियोग्य जमिनमा हुने मानव र वन्यजन्तुबिच हुने द्वन्द्व व्यवस्थापनमा विशेष जोड दिइनेछ ।

१०. जडिवुटी

  •  जडीबुटीको संरक्षण, व्यवसायिक खेती सञ्चालन, सङ्कलन, प्रशोधन र बजारीकरणलाई व्यवस्थित गरी आयआर्जनमा टेवा पुराइनेछ ।
  •  गाँजा खेती, लोकल रक्सी उत्पादनलाई कानुनतः व्यवस्थित गरी उत्पादन, प्रशोधन, ब्राण्डिङ्ग र बजारीकरणमा आवश्यक पहल गरिनेछ ।

११. उद्योग

  •  संभावित घरेलु साना तथा मझौला उद्योेग संचालनमा विशेष जोड र प्रोत्साहन गरिनेछ ।
  •  स्थानीय स्तरमा संचालनमा आएका उद्योेगहरुको तीनै तहको सरकारसँग नीति ऐन र कानुनमा सहजीकरण गरी व्यवस्थित गरिनेछ ।
  •  साना, मझौला र ठुला व्यवसायीहरुको संरक्षण तथा प्रवद्र्धनको लागि आवश्यक नीति निर्माणमा जोड दिइनेछ ।
  •  पश्चिम बागलुगमा विविध खानीहरुको (तामा, फलाम, सिसा, स्लेट ढुङ्गा, काष्ठ उद्योेग आदि) को सम्भाव्यता अध्ययन गरी उद्योेग संचालन गर्न कानुनी प्रावधानलाई सहज गर्न विशेष पहल गरिनेछ ।

१२. रोजगारी

  •  व्यवसायिक सीप तथा दक्षता विकासको अवसर प्रदान गरी कृषि, वन, उद्योेग, पर्यटन, आइटी क्षेत्रमा रोजगारीको अवसर सिर्जना गरिने छ
  • स्थानीय स्तरमा रोजगारीका अवसरहरुको अध्ययन गरी वेरोजगार जनशक्तिका लागि रोजगारीका अवसर जुटाइनेछ ।

१३. सामाजिक न्याय

  •  जातीय तथा लैङ्गिक विभेद र उत्पीडन मुक्त जिल्ला÷क्षेत्र÷पालिका घोषणाका लागि संविधानतः आवश्यक नीति, योजना र संरचना निर्माण गरी कार्यान्वयनमा जोड दिइने छ ।
  •  सहिद, वेपप्ता परिवार, घाइते अपाङ्ग योद्धा, जेष्ठ नागरिक, एकल महिला, दलित, विपन्न वर्ग समुदायलाई सामाजिक सुरक्षामा आवद्धता सँगै थप आवश्यक सहयोग, सम्मान र संरक्षणका लागि पहल गरिनेछ ।
  •  सहकारी र लघुवित्त पीडित नागकिहरुको माग र मुद्दालाई आवश्यक संवोधनमा विशेष पहल गरिने छ ।
  •  बाल श्रमको अन्त्य गर्दै शिक्षा पोषण र सुरक्षाको जोड दिइनेछ ।

१४. जेनजी, युवा तथा खेलकुद

  •  प्रत्येक निकायमा युवाहरुको अर्थपूर्ण सहभागितालाई आवश्यक नीति निर्माण गर्न जोड दिइने छ ।
  •  मजदुर, महिला, दलित, जनजाति, किसान, अल्पसंख्यक जाति र समुदायमैत्री नीति निमार्णमा विशेष भूमिका रहनेछ ।
  •  स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको नारालाई व्यवहारिक रुप दिन पालिका स्तरीय वहु उपयोगी खेलमैदान, क्षेत्रीय रंगशाला तथा कवर्डहल निर्माणलाई विशेष जोड दिइनेछ ।
  •  युवा खेलाडीहरुका लागि प्रोत्साहन तथा व्यवसायिक दक्षताका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरिनेछ ।

१६. भाषा तथा संस्कृति

  •  स्थानीय स्तरमा रहेको भाषा, मौलिक तथा ऐतिहासिक संस्कार, संकृतिहरुको संरक्षण र प्रवर्दनका लागि पालिकाहरुसँग सहकार्यमा आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
  •  स्थानीय मातृभाषाको पाठ्यक्रम निर्माण गरी पठनपाठनमा जोड दिइनेछ ।
  •  मौलिक पहिचान र जातीय पहिचान बोकेका थानहरु, मठमन्दिर, कोटथान, मेला, जात्रा, रैथानी सीप र कलासंस्कृतिको संरक्षण तथा संवद्र्धनमा विशेष पहल गरिनेछ ।

१६. सुशासन

  •  भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती विरुद्ध जनस्तरबाट नै निगरानी, नियमन र खबरदारी गर्ने कार्यक्रम संन्चालन गरिनेछ ।
  •  सेवा प्रवाहलाई चुस्त दुरुष्ट, पारदर्शिता र जवाफदेहीतालाई व्यवस्थित गर्न विशेष जोड दिइनेछ ।

१७. सूचना संचार

  • हातहातमा मोवाइल घरघरमा इन्टरनेट भन्ने मूलनाराका साथ प्रत्येक टोल वस्तीहरुमा टेलीफोन र इन्टरनेट सेवा सुदृद गरिनेछ ।
  •  संचार संस्था र संचारकर्मीहरुको पेशागत तथा ब्यवसायीक दक्षता, सुरक्षा र आत्मानिर्मताको लागि आवश्यक पहल गरिनेछ ।
  •  सूचनाको हकबारे हरेक संरचना र निकायहरुलाई जवाफदेही गरिनेछ ।

१८. विपत व्यवस्थापन

  •  प्राकृतिक विपत व्यवस्थापनमा जनशक्ति परिचालन, उद्धार, राहत र व्यवस्थापनका कार्यक्रमलाई आवश्यक समन्वय, सहकार्य र तदारुपतामा जोड दिइनेछ ।
  •  प्राकृतिक विपदबारे भूगर्वविदसँग सहकार्य गरी संभाव्यताको अध्ययन र सचेतनाको कार्यक्रम संचालन गरिनेछ ।
  •  वर्षायाममा चट्यांगको जोखिम अत्याधिक रहेकाले लाइटिंग एरिस्टोर जडान आवश्यकता अनुसार व्यवस्था मिलाइनेछ ।

१९. तहगत समन्वय र सहकार्य

  •  माथि उल्लेखित कार्यसम्पादनमा विधिगत सहजता तथा समग्र विकास र समृद्धिका लागि संघ, प्रदेश र स्थानीय सरकार बिच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक नीति, ऐन कानून र योजना निमार्णमा जोड दिइनेछ ।
  •  विद्यमान जटिल र अव्यवहारिक प्रकृतिका कानूनी प्रावधानहरुको संशोधन र जनपक्ष्ीाय कानुन निर्माणमा विशेष पहल गरिनेछ ।
  •  वनजङ्गल, जमिन, जलस्रोत र जैविक विविधताको संरक्षण, दीगो व्यवस्थापन, जलवायु अनुकूलता, कृषि उत्पादन, पूर्वाधार निर्माण तथा वातावरणीय चेतना अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

२०. संविधान संसोधन हुने अवस्थामा बागलुङको पश्चिम क्षेत्रलाई छुट्टै जिल्लाको अवधारणालाई सशक्त पहल गरिनेछ ।

२१. संविधानर्को धारा ५६ (५) अनुसार ताराखोला र तमानखोला गाउँपालिकालाई विशेष क्षेत्र र निसिखोला गाउँपालिका ५ र ६ वडालाई संरक्षित क्षेत्र घोषणामा विशेष पहल गरिनेछ ।

२२. गलकोट, बडिगाड, ताराखोला र बरेङ क्षेत्रको केन्द्रबिन्दु गलकोट क्षेत्रमा रहनेगरी प्रशासनिक सेवा केन्द्र स्थापनामा विशेष पहल गरिनेछ ।

२३. ढोरपाटन शिकार आरक्ष क्षेत्रहरुमा देखिएको नीतिगत र कानुनी रुपमा (राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६, मध्यवर्ति क्षेत्र व्यवस्थापन नियमावली २०५२ आदी) देखिएको समस्याबारे आवश्यक नीति, ऐन कानुन र नियमावली संशोधनमा विशेष पहल गरिनेछ ।

–निर्वाचन परिचालन समिती
बागलुग क्षेत्र नं. २